प्रतिव्यक्ति नेपालीलाई दुई हजार ११४ रुपैयाले ऋण बढ्यो

काठमाडौँ, १० वैशाख २०७५ । नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कूल ऋण दायित्व रु ६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋण रु २ खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु ४ खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३/७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ ।

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ ।

 

  • 58Read This News:
  • 479930Total reads:
  • 287481Total visitors: