काठमाडौँ, १७ कात्तिक २०७३ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गर्नुभयो ।
त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो ।
समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।
त्यसअघि राष्ट्रपति मुखर्जीलाई राजदूत राय एवम् दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो ।


