अविरल वर्षाका कारण खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

कैलाली, २५ चैत २०७४ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिनुभयो । खेल स्थगनसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । काठमाडौँ ९ अंक सहित लिगको पहिलो स्थानमा छ । महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ ।

शनिबार महेन्द्रनगर र सिवाइसी अत्तरियाबीचको खेलसमेत वर्षाका कारण रद्द भएको थियो । दुवैले एक/एक अंक बाँडेका थिए । काठमाडौँ र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन् ।

अर्को खेल आज विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ । विजेता टोली प्ले अफमा पुग्नेछ । बिहानभन्दा अहिले मौसममा सुधार आएको छ । मैदान पानीले भिजेका कारण शनिबार चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल ८ ओभरमा सीमित गरिएको थियो ।

 

  • 50Read This News:
  • 480524Total reads:
  • 287993Total visitors: