८ जना जुवाडे पक्राउ र अन्य ४६ जनालाइ नियन्त्रणमा लिइ अनुसन्धान

कास्की, २५ चैत २०७४ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा शुरु गरिएको स्वीप अप्रेसनअन्तर्गत रु ५२ हजार १५ सहित ८ जना जुवाडेलाई पक्राउ गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं १७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसबाट ४ बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउपर्नेमा गेष्टहाउस सञ्चालक भोगेन्द्र तामाङसहित ड्यामसाइड बस्ने ४३ वर्षीय नरेश गुरुङ, ४३ वर्षीय राजकुमार गुरुङ, घारीपाटन बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठ, हिमालीटोल बस्ने ३८ वर्षीय दीपक गुरुङ, ड्यामसाइडका ३९ वर्षीय अजय गौचन र पोखरा– ६ बैदामका ४० वर्षीय दीपक भट्टचन रहेका छन् ।

कास्की जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गरी प्रहरीले शुरु गरेको उक्त अभियानअन्तर्गत पोखरा तथा आसपासका इलाकामा व्यापकरुपमा परिचालन गरिएको प्रहरी टोलीले अवैध गोलीया काठ ९ र ५ थान मोटरसाइकलसहित ४६ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्की प्रहरीले अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम नियन्त्रण एवं गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिँदै आएको छ ।

 

  • 22Read This News:
  • 480557Total reads:
  • 288025Total visitors: