मेक्सिकोसँगको सीमाक्षेत्रमा अमेरिकाले सैनिक खटाउने

अमेरिका, २२ चैत २०७४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताउनु भएको छ ।

आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउदा सम्मका लागि सैनिक खटाउन लागिएको राष्ट्रपति ट्रम्पले मंगलबार बताउनु भयो ।

“हामीले हाम्रा सैनिकहरु मार्फत हाम्रो सीमाक्षेत्र घेर्न गइरहेका छौं,” ह्वाईट हाउसमा ट्रम्पले संबाददाताहरुसँग भन्नुभयो ।
स्टोनिया, लाट्भीया र लिथुनियाका नेताहरुसँगको भेटपछि उहाँले यस्तो बताउनु भएको विभिन्न सञ्चार माध्यमहरुले समाचारमा जनाएका छन् ।

“पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदासम्म उनीहरुलाई त्यही खटाइने छ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो निकै ठूलो कदम हो ।”

राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति निर्वाचित हुने निर्वाचनको बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने एजेण्डालाई प्रमुख चुनावी एजेण्डाको रुपमा प्रचार गर्नुभएको थियो ।

उहाँले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनु पर्ने कुरालाई महत्वका साथ बेला बेलामा उठाउने गरेपनि पर्खाल लगाउन भने सक्नु भएको छैन ।

सीमा क्षेत्रमा पर्खाल लगाउनु पर्ने राष्ट्रपति ट्रम्पको प्रस्तावले अहिले राजनीतिक र कनूनी चुनौतीहरु झेलिरहेको छ ।

 

  • 30Read This News:
  • 474541Total reads:
  • 282820Total visitors: