फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने

काठमाडौँ, २२ चैत २०७४ । सञ्चार,सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताउनु भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापन पत्र बुझदै उहाँले यसअघि राज्यले फोटो पत्रकारितालाई समेट्न नसकेको भन्दै फोटो पत्रकारितालाई राज्यले प्राथमिकतामा राख्ने बताउनुभयो ।

फोटो पत्रकारले नेपालको पत्रकारितामा खेलेको भूमिकाको सराहना गदै उहाँले फोटोपत्रकारको रचनात्मक कार्यलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मन्त्री वास्कोटालाई समूहका सचिव प्रदीपराज वन्तले ७ वुँदे ज्ञापन पत्र बुझाउनु भएको थियो ।

ज्ञापन पत्रमा फोटो पत्रकारहरुको जिविकोपार्जनका लागि न्यूनतम् पारिश्रमिक निर्धारण राज्य पक्षवाट गराउनुपर्ने, फोटो पत्रकारहरुले जोखिम मोली कार्यसम्पादन गर्नुपर्ने भएकाले जीवन बीमाको साथै सञ्चार सामग्री (क्यामेरा) को पनि बीमाको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारको राजकीय तथा अन्य उच्चस्तरीय विदेश भ्रमण हुँदा फोटो पत्रकारलाई संलग्न गराउनुपर्ने, लेख्ने पत्रकार सरह फोटो पत्रकारलाई पनि समान अवसर मिल्ने वातावरण बनाउनुपर्ने लगायतमा माग रहेका छन ।

यसैगरि फोटो पत्रकारको हकहितका लागि रु ५० लाख बराबरको अक्षय कोषको स्थापना गर्नुपर्ने, ‘राष्ट्रिय फोटो पत्रकारीता पुरस्कार’ का निम्ति राज्यबाट न्यूनतम रु २० लाख बरावरको अनुदान रकम हरेक वर्ष छुट्टाउनुपर्ने लगायतका माग रहेका छन ।

यसैगरि समूहले आउदो वैशाख १३ गते मनाइन लागेको फोटो पत्रकरिता दिवसको बारेमा पनि मन्त्री वास्कोटालाई जानकारी गराइएको समूहका सचिव वन्तले बताउनु भयो भने मन्त्री बास्कोटाले आफु उक्त कार्यक्रममा उपस्थित हुने जानकारी दिनु भयो ।

समूहमा ३३ जिल्लाका ५ सय जना आवद्ध रहेका छन ।

 

  • 46Read This News:
  • 474518Total reads:
  • 282803Total visitors: