काठमाडौँ, १४ चैत २०७४ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याललाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग आरआर क्याम्पस काठमाडौँका विद्यार्थीले आज सम्मान गरेका छन् ।
सम्मानका क्रममा विद्यार्थीले पत्रकारिता शिक्षालाई सरकारी स्तरबाट नै अनुसन्धान गर्ने प्रमुख केन्द्रका रुपमा स्थापित गर्नुपर्ने लगायत प्रेस स्वतन्त्रतासम्बन्धी माग राखेका थिए ।


