चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता, कुराकानी के विषयमा भयो भन्ने बारेमा विश्वव्यापी चासो

चीन, १४ चैत २०७४ । मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ ।

भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ ।

बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र उहाँको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले उहाँलाई बेइजिङस्थित ग्रेट हल अफ चिनियाँ पिपुल्स काँग्रेसमा विशेष सम्मान र स्वागत गर्नुभएको बताएको छ ।

गएको आइतबारदेखि नै किम चीनको भ्रमणमा रहनुभएको पनि खुलेको छ । तर त्यसलाई चीनले भने मङ्गलबार अपरान्ह्सम्म पनि स्वीकार गरेको थिएन ।

उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भन्नुभएको थियो ।

उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा भन्नुभयो– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिक रुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन ।

यसअघि मङ्गलबार नै विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुग्नुभएको समाचार सार्वजनिक गरेका थिए । यसलाई चीनले लुकाएको उनीहरुले भनेका थिए ।

यो समाचार पहिलो पटक जापानी सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । ती मिडियाले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए ।

बेइजिङ् र यसको आसपासमा उत्तर कोरियाको जस्तो देखिने रेल पुगेको उनीहरुको भनाई थियो । त्यो समाचारको चीनले भने खण्डन गरेको थियो । तर मङ्गलबार रातिसम्म यो पुष्टि पनि भएको छ ।

यसलाई चिनियाँ मिडियाले नै पुष्टि गरेका छन् । केही दिनको भ्रमणपछि मात्र चीनको सिन्ह्वा समाचार संस्थामार्फत उत्तर कोरियाली नेताले बेइजिङ भ्रमणको पुष्टि गरिएको हो ।

उत्तर कोरियाली नेता किमले सन् २०११ मा सत्ता सम्हालेयता यो उहाँको पहिलो विदेश भ्रमण हो । तर यसलाई औपचारिक भ्रमण भने भनिएको छैन ।

चिनियाँ कम्युनिष्ट पार्टीको आमन्त्रणमा उहाँ बेइजिङ् पुग्नुभएको बताइएको छ । उहाँको सम्मानमा चिनियाँ राष्ट्रपति सिले मङ्गलबार राति बेइजिङमा रहेको ग्रेट हल अफ पिपुल्समा रात्रि भोजको आयोजना गर्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच बेइजिङमा छलफल भएको समाचार आएको छ । यसलाई चीन सरकारले नै पुष्टि गरेको छ ।

सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएका उत्तर कोरियाली नेता किम र चिनियाँ राष्ट्रपति सिबीच भएको वार्ता नै यतिखेर विश्वका मिडियाको चासोको विषय भएको छ ।

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने भनी समाचार आएको थियो । उहाँहरुबीच आमी मे महिनाको सुरुवातामा वार्ता हुने बताइएको छ ।

त्यसैगरी उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा पछिल्लो पटक सुधार आएको नै ठानिएको छ । यी दुई देशबीच पनि आगामी माहिना उच्चस्तरीय बैठकको आयोजनाको तयारीको समाचार आएको हो ।

संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले सो वार्ता गर्न लागेको भनिएकोमा उक्त वार्ताको अघि यो भ्रमण भएकोले विश्वमा नै चासो बढेको हो ।

यसबीचमा अमेरिकी राष्ट्रपतिले पनि उत्तर कोरियासँग वार्ता गर्नुअघि चीन र जापानसँग पनि छलफल गर्ने बताउनुभएको थियो । आगामी वार्ताहरूमा बेइजिङको भूमिकाको खोजी भइ नै रहेको थियो ।

यसै सन्दर्भमा उत्तर कोरियाली नेता किमले चीनको भ्रमण गरेबाट अब भने चीनको भूमिकाको झनै बढी मात्रामा खोजी हुने अनुमान गरिएको छ ।

त्यस वार्तामा आपसी हितका विविध पक्षमा मात्र कुराकानी भएको सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले सो भेटमा सुरुमा चिनियाँ राष्ट्रपति दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकोमा किमले बधाई दिनुभयो र राष्ट्रपति सिले धन्यवाद दिनुभएको थियो ।

त्यस्तै राष्ट्रपति सिले पहिलो विदेश भ्रमणका रुपमा बेइजिङ आएकोमा नेता किमलाई धन्यवाद दिनुभएको सिन्ह्वाले जनाएको छ ।

त्यसैगरी उक्त भेटकाक्रममा कोरियाली प्रायद्वीपमा जारी रहेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

त्यस बारेमा के कुराकानी भयो र परमाणु उत्पादन र परीक्षणका बारेमा उत्तर कोरियाको केही प्रतिबद्धता आयो या आएन भन्ने बारेमा भने केही बताइएको छैन ।

त्यसैगरी अमेरिका र उत्तर कोरियाका साथै उत्तर र दक्षिण कोरियाको आसन्न वार्ताका बारेमा पनि के कस्तो कुराकानी भए भन्ने बारेमा पनि केही बताइएको छैन ।

(180328) -- BEIJING, March 28, 2018 (Xinhua) -- Xi Jinping (2nd R), general secretary of the Central Committee of the Communist Party of China (CPC) and Chinese president, and his wife Peng Liyuan (1st R) meet with Kim Jong Un (2nd L), chairman of the Workers' Party of Korea (WPK) and chairman of the State Affairs Commission of the Democratic People's Republic of Korea (DPRK), and his wife Ri Sol Ju at the Great Hall of the People in Beijing, capital of China. At the invitation of Xi, Kim paid an unofficial visit to China from March 25 to 28. During the visit, Xi held talks with Kim. (Xinhua/Ju Peng)(mcg)
March 28, 2018 (Xinhua) — Xi Jinping (2nd R), general secretary of the Central Committee of the Communist Party of China (CPC) and Chinese president, and his wife Peng Liyuan (1st R) meet with Kim Jong Un (2nd L), chairman of the Workers’ Party of Korea (WPK) and chairman of the State Affairs Commission of the Democratic People’s Republic of Korea (DPRK), and his wife Ri Sol Ju at the Great Hall of the People in Beijing, capital of China. 
(180328) -- BEIJING, March 28, 2018 (Xinhua) -- Kim Jong Un, chairman of the Workers' Party of Korea (WPK) and chairman of the State Affairs Commission of the Democratic People's Republic of Korea (DPRK), visits an exhibition showcasing the innovation achievements of the Chinese Academy of Sciences since the 18th National Congress of the Communist Party of China (CPC). At the invitation of Xi Jinping, general secretary of the Central Committee of the CPC and Chinese president, Kim paid an unofficial visit to China from March 25 to 28. During the visit, Xi held talks with Kim at the Great Hall of the People in Beijing. (Xinhua/Yao Dawei)(mcg)
BEIJING, March 28, 2018 (Xinhua) — Kim Jong Un, chairman of the Workers’ Party of Korea (WPK) and chairman of the State Affairs Commission of the Democratic People’s Republic of Korea (DPRK), visits an exhibition showcasing the innovation achievements of the Chinese Academy of Sciences since the 18th National Congress of the Communist Party of China (CPC). At the invitation of Xi Jinping, general secretary of the Central Committee of the CPC and Chinese president, Kim paid an unofficial visit to China from March 25 to 28. 

 

  • 62Read This News:
  • 458884Total reads:
  • 268436Total visitors: