चीनमा कोइलाखानीमा विस्फोट, पन्ध्रको मृत्यु

चीन, १५ कात्तिक २०७३ । दक्षिणपश्चिम चीनको चिङक्वीन नगरपालिकामा भएको कोइलाखानी विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

नीजि एक जिङसाङगाओ कोइलाखानीमा सोमबार बिहान ११ः३० बजे भएको विस्फोटपछि १८ जना कोइला खानीभित्र थुनिएका बताइएको छ । घटनामा दुई मजदुर बाँच्न सफल भएका प्रशासनले जानकारी गराएको छ ।

घटनापछि प्रशासनले करिब २०० उद्धाकर्मीलाई घटनास्थलमा पठाएको छ । उक्त कोइलाखानीबाट वार्षिक ६० हजार टन कोइला उत्पादन गरिने गरेको थियो ।

 

  • 62Read This News:
  • 458616Total reads:
  • 268180Total visitors: