ईयू–क्यानाडाबीच व्यापार सम्झौतामा हस्ताक्षर

बेल्जियम, १५ कात्तिक २०७३ । लामो समयदेखि चर्चामा रहेको तर युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रको बेल्जियमको विमतीका कारण बिहीबार हुन नसकेको ईयू–क्यानाडा व्यापार सम्झौता आइतबार गरिएको छ ।

सम्झौतामा क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र ईयू प्रमुख डोनाल्ड टस्क तथा युरोपियन कमिसन प्रमुख जाँ क्लाउड जङ्कर र स्लोभाकियाली प्रधानमन्त्री रोवर्ट फिकोले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

बिहीबार हुने भनिएको उक्त सम्झौता बेल्जियमको फ्रान्सेली समुदाय बसोबास गर्ने वालोनिया क्षेत्रका नेता बेल्जियम प्रधानमन्त्रीले सम्झौताका लागि अन्तिम छलफलका लागि बोलाएको बैठक बृहद् विरोध जनाएपछि स्थगित भएको थियो ।

 

  • 55Read This News:
  • 458645Total reads:
  • 268205Total visitors: