घौटामा बमबारी रोक्नु पर्ने संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्र संघ, ८ फागुन २०७४ । सिरियाली सरकारी सुरक्षाबलले दमासकसको बाहिरी इलाकामा रहेको पूर्वी भागमा पर्ने घौटामा गरेको आक्रमण परी कैयौ सर्वसाधारण मारिएका मानवअधिकारबादीहरु बताएका छन् ।

सेनाले सोमबार विद्रोहीलक्षित गोलाबारी, हवाई तथा रकेट आक्रमणहरूमा परी २० बालबालिकासहित कम्तीमा ७७ जना मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी घौटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । यस प्रंकारको बमबारी रोक्न संयुक्त राष्ट्रसंघका एक अधिकारीले आग्रह गर्नु भएको छ । हाल त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया उहाँले दिनु भएको छ ।

घौटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबलले आक्रमणको तयारी गरिरहेको बताइएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुँदै गयो । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौं घाइते भएका छन भने, लाखौं घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन ।

 

  • 32Read This News:
  • 459710Total reads:
  • 269211Total visitors: