मजदुर दिवसलाइ स्वागत गर्न आउदै चलचित्र पसिना

काठमाण्डौ, ३ फागुन २०७४ । नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ आउदै गरेको मजदुर दिवस (मे दिवस)को अवसर पारेर मजदुर दिवस भन्दा केहिदिन अगाडी २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने गत मंगलवार आयोजित एक कार्यक्रममा जानकारी गराएकोछ । उक्त कार्यक्रम ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताउनुभएको थियो ।

आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषतः महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजोपाध्याय, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

उक्त चलचित्रले सामाजिक र यथार्थ घटनालाई चलचित्रमा उतार्ने प्रयास गरिएको निर्देशक आर.बि.खत्री ‘शरद’ले वताउनु भएकोछ ।

– गिता अधिकारी

 

  • 61Read This News:
  • 459662Total reads:
  • 269167Total visitors: