नाफ्टा सम्झौतामा संशोधन प्रस्तावसहित अमेरिकी विदेशमन्त्री टिलर्सन क्यानाडा जाँदै

अमेरिका, ५ पुस २०७४ । अमेरिकी विदेशमन्त्री टिलर्सन मङ्गलबार क्यानाडाको भ्रमण जान लाग्नुभएको समाचार छ ।

उहाँ अमेरिकाको विदेशमन्त्री भएपछि पहिलो पटक उक्त देशको भ्रमणमा जान लाग्नुभएको अमेरिकी विदेशमन्त्रालयले जानकारी दिएको छ ।

अमेरिका र क्यानाडा बीचको सम्बन्धमा पछिल्लो समयमा केही असमझदारीहरुको विकास भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको यो भ्रमण सुरु हुन लागेको छ ।

नर्थ अमेरिकी फ्रि ट्रेड एसोसिएसन (नाफ्टा) को कारण पछिल्लो समयमा यी दुई देशबीचमा पनि असमझदारी विकास भइरहेको छ ।

नर्थ अमेरिकी फ्रि ट्रेड एसोसिएसन (नाफ्टा) को विषयमा क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाकाबीच पछिल्लो समयमा असमझदारीको विकास भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले उक्त व्यापार सम्झौतामा संशोधन चाहेको बताउदै आउनुभएको छ ।

तर त्यसमा मेक्सिको र क्यानाडा भने विनाशर्त सहमत हुन सकिरहेका छैनन् । उनीहरुले अमेरिकासँग विकसित पछिल्लो परिस्थितिको बारेमा थपा वार्ता चाहेको र त्रिपक्षीय समर्थनबाट मात्र यो सम्भव रहेको बताएका छन् ।

 

  • 36Read This News:
  • 417432Total reads:
  • 230188Total visitors: