रासायनिक कारखानामा आगलागी हुँदा सात कामदारको मृत्यु

चीन, ५ पुस २०७४ । चीनको पूर्वी प्रान्त शानडोङमा अवस्थित एक रासायिनक कारखानामा भएको आगलागीमा परी सात व्यक्तिको मृत्यु भएको समाचार छ ।

साथै यस दुर्घटनाका कारण अन्य ४ जना मजदुर घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

वेइफाङ सहरमा रहेको रसायनिक कारखानाको कार्यशालामा स्थानीय समयाअनुसार मङ्गलबार विहान ९ बजे सो आगलागी शुरु भएको स्थानीय सरकारले जानकारी दिएको छ ।

उक्त कारखानामा लागेको आगो अहिले नियन्त्रणमा आएको छ । यस आगलागी हुनुको कारण अनुसन्धानरत रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

 

  • 21Read This News:
  • 417479Total reads:
  • 230235Total visitors: