यू–१८ च्याम्यिनसिपमा नेपाल बंगलादेशसंग २–१ गोल अन्तरले जित

काठमाडौँ, १० असोज २०७४ । भुटानमा जारी साफ अठार वर्षमुनि (यू–१८) च्याम्यिनसिपअन्तर्गत सोमवार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । त्यसअघि नेपालका अभिषेक रिजालले खेलको २२ औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए । अभिषेकले गोल गरेको करिब आठ मिनेट पनि बित्न नपाउँदै ३० औँ मिनेटतिर बंगलादेशका मोहम्मद अल अमिनले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

यसअघि दुई खेल खेलेको नेपालले एक खेल हार तथा एक खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्र्रो माल्दिभ्स विरुद्वको खेलमा २–० को जित हासिल गरेको थियो ।

बंगलादेशको भने यो पहिलो हार हो । यसअघि खेलेको दुई खेलमा उसले दुवै खेलमा जित हासिल गरेको थियो । त्यसैगरी सोमवारनै भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार भारतसंग खेल्नेछ ।

 

  • 58Read This News:
  • 417657Total reads:
  • 230412Total visitors: