तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु

सुनसरी, ५ असोज २०७४ । तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता विहिवारदेखि सुरु भएको छ ।

प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोलीको सहभागिता छ ।

आगामी असोज ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले रु ५१ हजार ट्रफी र प्रमाणपत्र तथा दोसो हुनेले रु २६ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष विक्रमबाबु थापाले जानकारी दिनुभयो ।

 

  • 76Read This News:
  • 417669Total reads:
  • 230424Total visitors: