पाल्पाको मैनादीबाट दैनिक ५५ सय किलो गोलभेँडा निकासी

पाल्पा, १२ भाद्र २०७४। पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ अन्तर्गत पर्ने मैनादीको एउटा टोलबाट दैनिक ५ हजार ५ सय किलो गोलभेँडा निकासी भएकोछ ।

उक्त टोलबाट दैनिक ठूलो मात्रामा गोडभेँडा पोखरा, स्याङ्जा, रुपन्देहीमा निकासी हुँदै आएको छ । २० दिनको अवधिमा दैनिक ५ हजार किलोसम्म गोलभेँडा उत्पादन भइ ५ लाखसम्म आम्दानी गाउँमा भित्रिएको छ ।

गोलभेँडाले बजार पाएसँगै किसानले सामान्यतया रु ३/४ लाखदेखि १०..१२ लाखसम्म आम्दानी लिन सफल भएकोे सहकारीको दाबी छ । दैनिक १०० देखि ७०० किलोसम्म गोलभेँडा बिक्री गर्नेहरु १० भन्दा बढी किसाान छन् ।

मैनादी कृषि सहकारीले किसानलाई बीउ वितरण, प्राविधिक सहयोग, बजारीकरण र ऋण प्रदान गर्न थालेपछि यहाँ गोलभेँडा उत्पादन अहिले बढेको हो । अहिले यस वडामा ६५ जना किसानबाट उत्पादित गोलभेँडा रु ६५ देखि ९० मा थोक मूल्यमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष नुरबहादुर कुँवरले जानकारी दिनुभयो ।

परम्परागत खेतीबाली छाडेर गोडभेँडा उत्पादनमा मात्र लागेपछि यहाँका किसानको जीवनस्तर फेरिएको छ । मासिक १०० सहकारीमा बचत गरेर रु १ लाखसम्म ऋण पाउने भएपछि किसानले गोडभेँडामा लगानी बढाएका हुन् । अध्यक्ष कुँवरका अनुसार दैनिक ७०० किलो गोलभेँडा बेच्नेहरु दैनिकरुपमा बढेका छन् ।

स्थानीय बासिन्दा डुलबहादुर कुँवरले व्यावसायिकरुपमा गोलभेँडाखेतीबाट गाउँलेको जीवनस्तर माथि उठेको बताउनुभयो । मेहनत गरेर गाउँमा नै पैसा कमाउन सकिन्छ भन्ने नमूना अहिले पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ बनेको छ ।

बजार व्यवस्थापनका लागि सहकारीले १० युवालाई रोजगारीको व्यवस्था गरेको छ ।सहकारीले दुई स्थानमा गोलभेँडा संकलनको व्यवस्था गरेपछि किसानलाई ढुवानीमा सहज भएको किसान प्रेम परियारले बताउनुभयो ।

 

  • 19Read This News:
  • 438310Total reads:
  • 250308Total visitors: