काठमाडौँ, ५ भाद्र २०७४। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार सोही कोषमा जम्मा हुने गरी राष्ट्रपतिका विज्ञहरुबाट ७ दिनको, सचिव, स्वकीय सचिवसमेतबाट ५ दिनको, सहसचिवहरु, स्वकीयसमेतबाट ३ दिनको, उपसचिव तथा शाखा अधिकृतहरु स्वकीयसमेतबाट २ दिनको र सहायकस्तरका सबै कर्मचारीहरु स्वकीयसमेतबाट १ दिनको तलब उक्त कोषमा जम्मा गरिएको छ ।


