वाक्सेली थापाको ‘भस्मासुरको देश’ विमोचित

काठमाडौँ, ३१ साउन २०७४ । कवि चन्द्र (वाक्सेली) थापाको नयाँ कविता संग्रह ‘भस्मासुरको देश’ सोमवार काठमाण्डौमा विमोचन भएको छ ।

मुलुकका विभिन्न घटनालाई समावेश गरेर लेखिएको कविता संग्रहको नेपाली काँग्रेसका नेता एंव राजनीतिक विश्लेषक प्रदीप गिरी तथा साहित्यकारद्वय तोया गुरुङ र डा नवराज लम्सालले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

सो अवसरमा नेता गिरीले ‘भस्मासुरको देश’ कविता संग्रहले नेपाली साहित्य विकासमा सहयोग पुगेको बताउँदै अचेल देखिएका भस्मासुरलाई समावेश गरेकाले कविता संग्रह राम्रो भएको बताउनुभयो ।

डा लम्सालले कविता संग्रहभित्र आफ्नो देश र आफ्नो माटोलाई समावेश गरेको उल्लेख गर्दै “कविता सुन्दर हुन विचार सुन्दर हुनुपर्छ, कविले यी दुवै कुरालाई समेट्नुभएको छ,” भन्नुभयो ।

साहित्यकार गुरुङले सो कविता संग्रह मर्मस्पर्शी र समयको स्वरलाई बोलेको बताउनुभयो ।

कविता संग्रहमा ‘हतियारको हरफ’, ‘जुन फुल्ने बारी’, ‘सदरमुकाम’, ‘सत्ता, जेलभित्र’, ‘सेल्फी’, ‘प्रौढकक्षामा आमा’, ‘आगोको दर्शन’, ‘अँध्यारो पर्दाभित्र’, ‘सत्ताच्युत’ र ‘जिन्दगीको जिन्दगी’लगायत ५१ कविता समावेश गरिएको छ ।

 

  • 50Read This News:
  • 480722Total reads:
  • 288179Total visitors: