राजपाका सांसदबाट वाढी पीडित राहतका लागि एक महिनाको तलब दिने

काठमाडौँ, ३१ साउन २०७४ । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ ।

राजपा अध्यक्ष मण्डल र संसदीय दलको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै पार्टीका नेता कार्यकताका तर्फबाट सबै प्रकारले नगदी र जिन्सी सहयोगका लागि पार्टी सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

राजपाले बाढी प्रभावित स्थानलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपत्कालीन विपद् व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । साथै उक्त कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन देशभरिका सबै उद्योगपति, व्यवसायी, स्वदेशी तथा विदेशी संघसंस्था, नियोग र दाता एवं दातृ निकायलाई आग्रह गरिएको पार्टीका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

  • 29Read This News:
  • 417822Total reads:
  • 230569Total visitors: