जर्मनी, १६ साउन २०७४। स्वीट्जरल्याण्डसँग सीमा जोडिएको जर्मनीको कन्सटन्स शहरस्थित एउटा ‘नाइट क्लब’मा आइतबार विहानै गोली प्रहार भएको छ ।
घटनामा एकजनाको ज्यान गएको र चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । आक्रमण व्यक्तिगत प्रतिशोध लिन गरिएको पनि प्रहरीको प्रारम्भिक अनुमान छ ।
विहान ४ः३० बजे झडपभएको ठाउँमा प्रहरीले नियन्त्रण लिने क्रममा भएको गोली हानाहानमा ३४–वर्षीय बन्दुकधारी पनि घाइते भएका र उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली हानाहानमा एकजना प्रहरी अधिकारी पनि घाइते भएका छन् तर उनको स्थिति गम्भीर नरहेको बताइएको छ ।


