चिनियाँ पर्यटक चीनको गुवाङ्दोङमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम

काठमाडौँ, २७ जेठ २०७४। चिनियाँ पर्यटक नेपालमा भित्र्याउने उद्देश्यले छिमेकी मुलुक चीनको गुवाङ्दोङमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ ।

गुवाङ्दोङको प्रान्तीय सकारको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्र्स एजेन्सिज् (नाटा)को आयोजना गरिएको सो कार्यक्रममा नेपाली संस्कृति र पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालका पर्यटकीय गन्तव्यका विषयमा जानकारी गराउँदै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको थियो । बेइजिङस्थित नेपाली दूतावासका अनुसार कार्यक्रममा राजदूत पौडेलले बुद्धधर्ममा विश्वास राख्ने चिनियाँ नागरिकका लागि नेपाल भ्रमण उपयुक्त भएको स्पष्ट पार्नुभयो ।

paryatan prabardan Embasy of Nepal,Beijing

कार्यक्रममा गुवाङ्दोङको प्रान्तीय सकारका विदेश मामिलासम्बन्धी उपमहानिर्देशक ली जिनले नेपालको सुन्दरता र रोचक हावापानीका विषयमा चर्चा गर्नुभयो । सो कार्यक्रममा त्यहाँस्थित विभिन्न ६० उद्यमी, पत्रकार एवम् नेपाली समुदायको उस्थिति रहेको राजदूतावासले जनाएको छ ।

 

  • 104Read This News:
  • 459195Total reads:
  • 268727Total visitors: