अफगानिस्तानको काबुल विस्फोटमा १८ जनाको मृत्यु, १२ घाइते

अफगानिस्तान, २० जेठ २०७४ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएकोे र १२ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि विष्पाटमा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले दिनुभएको थियो ।

हमलाकारीले अन्तेष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै ३ वटा विष्पोट गराएका काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनीतिज्ञहरुको आवासलाई लक्षित गरी भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको थियो भने आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका थिए ।

 

  • 123Read This News:
  • 458582Total reads:
  • 268150Total visitors: