यस वर्षकी मिस नेपाल निकिता चन्दक

काठमाडौं: यस वर्षको मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्।

उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्‍याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्।

मिस नेपाल फस्ट रनर अपको उपाधि‍‍‍‍‍ रोजिना श्रेष्ठले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् ।मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छिन्, मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह, मिस ब्‍यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्‍यासिफिक इन्टरनेशनल साहारा बस्‍नेत भएका छन्।

काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेत अडिसन गरेर शुक्रबार मिस नेपाल छनोट गरिएको हो।

Source: Annapurna post

 

  • 174Read This News:
  • 458559Total reads:
  • 268130Total visitors: