काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु

अफगानिस्तान, १७ जेठ २०७४ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थानलक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

यस आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका छन् ।

आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार विहान जान्बाक स्क्वायरस्थित बिस्फोट गराइएको बताइएको छ ।

यस विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख छ ।

 

  • 82Read This News:
  • 438844Total reads:
  • 250782Total visitors: