इजिप्ट आक्रमण आफ्नो समूहद्वारा गरेको आइएसको दाबी

इजिप्ट, १४ जेठ २०७४। इस्लामिक स्टेट ९आइएस० समूहले शुक्रबार इजिप्टमा क्रिश्चियन धर्मावलम्बीमाथि गरेको आक्रमण आफ्नो समूहले गराएको दाबी गरेको छ ।

उक्त समूहले इजिप्ट आक्रमण आइएस जिहादी समूहलाई लक्षित गरी छिमेकी लिबियामा गरिएको गरिएको हवाई आक्रमणको बदलास्वरुप गराएको आइएसद्वारा सञ्चालित अमाक न्यूज एजेन्सीले जनाएको छ ।

इजिप्टको गृहमन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शुक्रबारको आक्रमणमा चर्चतर्फ हिँडिरहेका दुई बसलाई तीनवटा पिकअप भ्यानमा आएका नकावधारी १० जनाको समूहले गोली हानी आक्रमण गरेका थिए ।

इजिप्टको दक्षिणी मिन्या प्रान्तमा शुक्रबार एक अज्ञात बन्दुकधारीको समूहले बस चढेर चर्चमा गइरहेका क्रिस्चियन धर्मावलम्बीलाइृ आक्रमण गर्दा कम्तीमा २५ जनाको मत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । घटनामा सोही बसका २३ जना घाइते भएका र उनीहरूको उपचार भैरहेको बताइएको छ ।

इजिप्टको करिब नौ करोड २० लाख जनसङ्ख्यामध्ये करिब १० प्रतिशत कोप्टिक क्रिस्चियनको बसोबास रहेको छ । गत डिसेम्बरदेखि उनीहरू इस्लामिक अतिवादी समूहको निसाना बन्दै आएका छन् ।

पछिल्लो पटक मे १९ मा आईएसद्वारा सार्वजनिक दृश्यचित्रमा सो समूहले गैरमुस्लिम समूहमाथि जहाँकहीँ आक्रमण गर्ने चेतावनी आएको थियो ।

 

  • 26Read This News:
  • 441209Total reads:
  • 253083Total visitors: