इन्डोनेसिया, १२ जेठ २०७४ । इन्डोनेसियाको जाकार्ता सहरमा रहेको एक बस स्टेसनमा भएको दुई वटा आत्मघाती बम आक्रमणको इस्लामिक स्टेट्स (आइएस) समूहले जिम्मा लिएको छ ।
इन्डोनेसियाली सुरक्षाबललाई लक्ष्यगरी गरिएको यो पछिल्लो आक्रमणमा परी तीन सुरक्षाकर्मीको ज्यान गएको छ । यस आक्रमणको जिम्मा आइएसआवद्ध जमाह अन्सारुत दाउलाह (जेएडि)ले लिएको छ ।
इन्डोनेसियाको राजधानीमा अवस्थित कम्पुङ्ग मेलायु नामक अति व्यस्त भइरहने बस स्टेसनमा दुई आत्मघाती आक्रमणकारीले बुधबार अबेर राति गरेको आक्रमणमा परी ३ सुरक्षकर्मीको मृत्यु हुनुका साथै अन्य ५ सुरक्षा अधिकारी घाइते भएका थिए । त्यसैगरी यस आक्रमणमा परी अन्य ५ सर्वसाधारण घाइते भएका छन् ।
प्रंहरीका अनुसार भने यो आक्रमण आइएसआवद्ध आतङ्ककारी समूहले गरेको अनुमान रहेको छ । तर यस आक्रमणको विस्तृत विवरण भने दिइएको छैन् ।
प्रहरीका अनसुार आइएसआवद्ध आतङ्ककारी समूहले यसको जिम्मा लिएको भनिएता पनि प्रत्यक्षरुपमा भने प्रहरीलाई जानकारी नभएको प्रहरीले जनाएको छ ।


