लिबियामा कम्तीमा २० जनाको मृत्यु

इटाली, ११ जेठ २०७४। लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो । डुङ्गामा झन्डै ५ सय जना यात्रु रहेका थिए ।

दुर्घटनामा परेकालाई उद्धार गर्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

 

  • 50Read This News:
  • 442155Total reads:
  • 254018Total visitors: