प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा

काठमाडौँ, १० जेठ २०७४। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालयबाट आज अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै उहाँले आजै प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गर्नुभयो । साथै उहाँले आफूले तत्काल राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने घोषणा पनि गर्नुभयो ।

नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दैआएको पृष्ठभूमिमा आफूले नेपाली काँग्रेससँग गरेको समझदारी अनुसार राजीनामा गरेको उहाँले बताउनुभयो ।

गत वर्ष साउन २० गते नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहित अन्य दलसँगको समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो ।

 

  • 37Read This News:
  • 442625Total reads:
  • 254483Total visitors: