‘हस्तकला समृद्धिका सम्भावना’ नाराका साथ नेपाली हस्तकला व्यापार मेला मङ्सिर १० देखि हुने

काठमाडौँ, ३ कात्तिक २०७३। नेपाली हस्तकला व्यवसायको विकास र विस्तारका लागि १४औँ हस्तकला व्यापार मेला तथा १२औँ कला प्रतियोगिता हुने भएको छ ।

‘हस्तकला समृद्धिका सम्भावना’ नाराका साथ नेपाल हस्तकला महासङ्घको आयोजना तथा वाणिज्य मन्त्रालय व्यापार निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आगामी मङ्सिर १० देखि १४ गतेसम्म काठमाडौँकोभृकुटीमण्डपमा मेला आयोजना गरिएको महासङ्घका उपमहानिर्देशक रिषिराम सुवेदीले जानकारी दिनुभयो ।

मेलामा महासङ्घअन्तर्गतका २० जिल्लाका स्थानीय हस्तकला राखिने सुवेदीले बताउनुभयो । “मेलाले नेपाली हस्तकलाको महत्वपूर्ण स्थानलाई उजागर गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा चिनाउन ठूलो मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो । मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, हिरा, अमूल्य रत्नजडित गरगहना, सुती, कागजजन्य, छालाजन्य सामान, बाँसका सामान, प्राकृतिक रेशाजन्य सामान बिक्रीमा राखिने महासङ्घले जनाएको छ ।

आव २०७२/७३ मा करिब रु ५ अर्ब बराबरको हस्तकला सामग्री निकासी गरेको थियो । सार्क देशका हस्तकला समेत मेलामा राखिने छ । मेलामा अमूर्त सांस्कृतिक सम्पदाको विशेष प्रदर्र्शन गरिने महासङ्घले जनाएको छ ।

 

  • 98Read This News:
  • 458559Total reads:
  • 268130Total visitors: