रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु नभएपछि उद्योग प्रभावित

पार्सा, ८ जेठ २०७४। रक्सौल परवानीपुर १३२ के.भी. विद्युत् प्रसारण लाइन निर्माण सम्पन भएको दुई महिना बितिसक्दा पनि सुचारु हुन नसक्दा यस क्षेत्रका उद्योग प्रभावित भएका छन् ।

सीमावर्ती भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरसम्म रहेको सो १३२ के.भी. प्रसारण लाइन निर्माण भएको दुई महिना बितिसक्दा पनि हालसम्म सो लाइन सुचारु नहुँदा भोल्टेजको अभावको कारण यस क्षेत्रका उद्योगले आफ्ना पुर्ण क्षमतामा उत्पादन बढाउन सकेका छैनन् । हालसम्म विद्युत् सुचारु हुन नसकेको बारे जिज्ञासा राख्दा आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले पावर किन आएन सोबारे थाहा हुन नसकेको बताउनुभयो ।

भारत सरकारको करिब १ करोड भारतीय रुपैयाँको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फको परवानीपुरसम्म २ वटा सवस्टेसन निर्माण गरिएको छ । रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु भएपछि विद्युत् भार कटौतीको भार खेपिरहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरमा विद्युत् भार कटौती मुक्त हुने विश्वास लिए पनि हालसम्म सो प्रसारण लाइन सुचारु नहँुदा भोल्टेजको अभावले त्यस क्षेत्रका उद्योगले प्रतिमहिना करौडो रुपैयाँ नोक्सानी व्यर्होदै आएको पीडित उद्योगीको गुनासो छ । भोल्टेजको अभावमा उत्पादन प्रभावित हुनुका साथै कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाले प्राधिकरणले यसप्रति चासो नदेखाएकाले लाइन सुचारु हुन नसकेको गुनासो गर्नुभयो ।

भारतको विहार सरकारले रक्सौलस्थित निर्माण गरेको सवस्टेसन नेपाल भारतको दशगजा क्षेत्रसम्म ४ किलोमिटर लाइन भारतीय क्षेत्रमा पर्दछ भने नेपालतर्फ परवानीपुरसम्म १३ किलोमिटर क्षेत्र पर्दछ ।

भोल्टेजको कमीले मोटर जल्ने सम्भावना बढिरहेकाले यस क्षेत्रमा रहेका करिब ८०० भन्दा बढी उद्योग प्रभावित भएको छ ।

 

  • 25Read This News:
  • 443546Total reads:
  • 255395Total visitors: