ट्रम्पद्वारा कोलम्बियाका राष्ट्रपतिालाई अमेरिका भ्रमणको निमन्त्रणा

अमेरिका, २२ वैशाख २०७४। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोषलाई अमेरिका भ्रमणको लागि निमन्त्रणा गर्नुभएको छ ।

उहाँहरुकाबीचमा आगामी मे १८ तारिखका दिन भेटवार्ता गर्ने कार्यतालिका रहेको राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ ।

सरकारी अधिकारीले अमेरिका र कोलम्बियाको दुई पक्षीय सम्वन्ध, कोलम्बियाको ‘फार्क’ विद्रोहीसँग भएको शान्ति सम्झौतापछिको शान्ति प्रक्रिया, त्यसमा अमेरिकाको सहयोगलगायतका विषयमा पनि छलफल हुने तय भएको जनाएका छन् ।

दुवै राष्ट्रपतिले भेटवार्ताका क्रममा सुरक्षा चुनौतीका बारेमा पनि कुराकानी गर्नुहुने वक्तव्यमा जनाइएको छ ।

वासिङटनमा रहेको कोलम्बियाको दुतावासका अनुसार अमेरिकाका उपराष्ट्रपति माइक पेन्स, सभामुख पाउल यानलगायतलाई राष्ट्रपति सान्तोषले भेट्नुहुने भएको छ ।

 

  • 25Read This News:
  • 451267Total reads:
  • 262551Total visitors: