भारतमा मिनि ट्रक दुर्घटनामा ४२ हताहत

AppleMark

भारत, २२ वैशाख २०७४। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा आज एक मिनिट्रक दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु हुनाको साथै अन्य २८ जना घाइते भएका छन् ।

उक्त दुर्घटना उत्तर प्रदेश राज्यको इटा जिल्लामा अवस्थित सराय नीम क्षेत्रको एक नहरमा भएको थियो । उक्त मिनिट्रकमा सराय नीम क्षेत्रको स्थानीय एक बिबाह समारोहबाट फर्किएका अतिथिहरु यात्रा गरिरहेका भारतीय प्रहरी श्रोतले बताएको छ ।

यात्रुहरुले टनाटन भरिएको सो मिनिट्रक अत्यधिक तेज गतिमा कुदि रहेको र चालकले ब्रेक लगाउँदा सन्तुलन गुमी एक नहरमा खसेको थियो ।

मिनिट्रक दुर्घटनाग्रस्त भएको थाहा पाउनासाथ प्रहरी तथा स्थानीय बासिन्दाहरु दौड्दै दुर्घटनास्थल पुगी उद्धार कार्यमा जुटेका थिए ।

घाइते भएका यात्रुमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेको छ । गम्भीर रुपले घाइते भएकाहरुमध्ये करिब २० जनालाई आगराको एसएन अस्पताल भर्ना गरिएको र अन्यलाई नजिकको अस्पतालमा उपचार गराइँदै छ ।

चालककै लापरबाहीका कारण उक्त ठूलो दुर्घटना हुन पुगेको भारतीय प्रहरीले सञ्चार माध्यमलाई जनकारी दिएका छन् ।

सराय नीम क्षेत्र उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट पश्चिममा २६५ किलो मिटर टाढा पर्दछ ।

 

  • 36Read This News:
  • 480715Total reads:
  • 288173Total visitors: