यो आर्थिक वर्षमा ६२ हजार पर्यटक इलाम भ्रमणमा आए

देशलाइ चुनावको चटारो इलामका किसानलाई चियापत्ती टिप्न चटारो । चिया टिपदै इलामका स्थानिय किसान ।

इलाम, १४ वैशाख २०७४ । चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३/७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् ।

सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र पर्यटक भित्रिएका थिए ।

जिल्ला भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको र बाँकी १० प्रतिशत मात्र बाह्य पर्यटक रहेको तथ्याङ्क रहेको छ । जिल्ला भित्रिएका मध्ये पनि ४० प्रतिशत पर्यटक इलामका श्रीअन्तु, कन्याम मात्र घुमेर जाने गरेको घिमिरेले जानकारी दिनुभयो ।

इलाम आउनेमध्ये ४० प्रतिशत पर्यटक भ्रमणका लागि र विभिन्न विषयवस्तु अवलोकन गर्न आउने गरेका छन् ।

 

  • 52Read This News:
  • 448732Total reads:
  • 260200Total visitors: