म्यानमारमा नयाँ वर्षको उपलक्ष्यमा एक हजार ८८३ कैदी रिहा

म्यानमार, ३१ चैत २०७३ । म्यानमारमा नयाँ वर्षको उपलक्ष्यमा बिहीबारबाट सुरु हुने पानीको पर्वको लागि १ हजार ८८३ जना कैदीलाई बुधबार रिहा गरेको समाचार छ ।

बुधबार रिहा गरिएका ती कैदीहरूमा २३३ जना महिला रहेका जनाइएको छ । कैदबाट मुक्त भएका ती व्यक्तिहरूलाई अब बाँकी काराबासको सजायबाट मुक्त गरिनुका साथै नयाँ वर्षको मनोरञ्नमा रमाओस् भन्ने आसय रहेको बताइएको छ ।

‘नेसनल लिग फर डेमोक्रेसी’सँग आबद्ध सरकारले देशको शासन सम्हालेयता यस प्रंकार केैदी मुक्त गरिएको यो दोस्रो पटक हो ।

यो सरकारले यसअघि गत वर्ष १३८ जना आस्थाका बन्दीसहित २ हजार २८३ जना कैदी मुक्त गरेको थियो ।

 

  • 29Read This News:
  • 449674Total reads:
  • 261070Total visitors: