महोत्तरीमा असिनापानीले बालीनाली नष्ट

महोत्तरी, १२ चैत २०७३। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाभरि गएराति र आज बिहान परेको असिना पानीले लाखौँको बालीनाली नष्ट पारेको छ ।

भीषण पानीसँगै अन्धाधुन्धरुपमा परेको असिनाले जिल्लाको सयौँ हेक्टर जग्गामा लगाइएको दलहन, तेलहन, गहुँ र तरकारीबालीमा लाखौँको क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ ।

असिना पानीले जिल्लाका सयौँ किसानको तयारी अवस्थामा रहेको मुसुरो, केराउ, चनाजस्ता दलहन र आलस, सरसौ, तोरी लगायतका तेलहन बालीमा ठूलो क्षति पुर्याउनुका साथै गहुँबाली र तरकारी खेतीमा समेत ठूलो क्षति पुर्याएको कृषि विकास अधिकृत सुकेश्वर झाले जनाएकोछ ।

बाली भित्र्याउने अवस्थामा आएर जिल्लामा परेको भीषण असिनापानीले किसानको बालीनालीलाई नष्ट पार्दै पीडित बनाएको छ भने किसान अब आधा बालीनाली मात्रै हातपर्ने बताउँछन् ।

यसअघि फागुन २७ गते राति पनि महोत्तरीमा परेको असिनापानीले जिल्लाका किसानको बालीनाली नष्ट पारेको थियो भने गएराति र आज बिहान परेको असिनापानीले पीडामाथि पीडा थपेको स्थानिय किसानहरु वताउछन।

 

  • 35Read This News:
  • 418161Total reads:
  • 230895Total visitors: