अफगानिस्तान, ३ माघ २०७३। अफगानिस्तानमा देशभरी तालिवान आतङ्ककारीविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीका क्रममा करिब २१ जना आतङ्ककारीको मृत्यु भएको छ । सो कारबाहीमा मारिएका आतङ्ककारीहरू तालिवान समूहका कमाण्डरसमेत रहेका छन् ।
गत २४ घण्टाभित्र अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समेत सहयोगमा अफगानिस्तानको कासिसा, पार्वा, ओरुजगान र खोस्त प्रान्तमा गरेको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएको गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा बताइएको छ ।
यस घटनाको इस्लामिक स्टेट ९आईएस० र तालिवानी आतङ्ककारी समूहले कुनै टिप्पणी गरेका छैनन् । यस कारबाहीका क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहती नभएको बताइएको छ ।
अगानिस्तानभरी तालिवानसँग आवद्ध हिंसा जारी रहेको छ । तालिवानले अशान्त पारेको यस इलाकाहरूमा अफगान सुरक्षाबलले कारबाही जारी राखेका छन् र कतिपय स्थानहरूमा सुरक्षाबलले सफलतासमेत प्राप्त गरेका छन् ।


