ब्राजिलको एक विद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु

ब्राजिल, ३० फागुन २०७५ । ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा ८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन् सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् ।

 

  • 55Read This News:
  • 404780Total reads:
  • 218239Total visitors: