सेनाद्वारा काठमाण्डौ उपत्यकामा सर्वसाधारणका लागि आजदेखी एकादशीसम्म निःशुल्क बस सेवा सुरु

काठमाडौँ, २४ असोज २०७३ । नेपाली सेनाद्वारा दसैँका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

एकादशीका दिनसम्म जारी रहने सो सेवा अन्तर्गत विभिन्न मार्गका लागि ८ वटा गाडी सञ्चालन गरिएको छ । सो गाडीले नवमी र दसैँका दिन मध्याह्न १२ र साँझ ४ बजे २ ट्रिप तथा एकादशीका दिन बिहान ६ बजे सेवा थप गरी ३ ट्रिप यात्रु ओसार्ने छ ।

वसको रुट यसप्रकारछ ः

(१) माइतीघर-नयाँ बानेश्वर-कोटेश्वर-एकान्तकुना-बल्खु-कीर्तिपुर-कालीमाटी-त्रिपुरेश्वर हुँदै रत्नपार्क

(२) भद्रकाली-जमल-नारायणगोपालचोक-बुढानीलकण्ठ-बालाजु-सोह्रखुट्टे-कान्तिपथ हुँदै माइतीघर

(३) माइतीघर-कलङ्की-थानकोट-स्वयम्भू-छाउनी-ताहाचल-टेकु हुँदै थापाथली

(४) माइतीघर-तीनकुने-गौशाला-जोरपाटी-नारायणगोपालचोक-लाजिम्पाट हुँदै कान्तिपथ

(५) थापाथली-कुपन्डोल-पुल्चोक-जावलाखेल-सातदोबाटो-कोटेश्वर-चापागाउँ-तीनकुने-बानेश्वर हुँदै सहिदढोका

(६) थापाथली-कुपन्डोल-पुल्चोक-जावलाखेल-एकान्तकुना-बल्खु-कलङ्की-कालीमाटी-त्रिपुरेश्वर-सहिदढोका हुँदै रत्नपार्क

(७) माइतीघर-कोटेश्वर-सूर्यविनायक हुँदै सोही मार्ग भई माइतीघर
(८) सहिदढोका-कालीमाटी-छाउनी-स्वयम्भू-गङ्गबु-सामाखुसी हुँदै रत्नपार्क रहेको छ ।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दसैँका समयमा यात्रुलाई सेवासुविधा पुर्याउनका लागि एउटा गाडी ३० देखि ४० यात्रु क्षमताको निःशुल्क बससेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

 

  • 56Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: