लुम्बिनी एक्स्पो सम्पन्न, मेलामा रु ४० करोडको कारोवार

रुपन्देही व्यापार संघद्वारा आयोजित लुम्बिनी एक्स्पो– २०७५ पर्यटन पार्क अन्तराष्ट्रिय व्यापार मेलामा आन्तरिक पर्यटकको भिड ।

रुपन्देही, १९ पुस २०७५ । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला आज सम्पन्न भएको छ । मेलामा रु ४० करोडको कारोवार भएको छ ।

मेलाको समापन अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशमा निर्यातमुखी अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले सघाउनुपर्नेमा जोड दिदैं यस क्षेत्रको आर्थिक, व्यावसायिक, कृषि, पर्यटन क्षेत्र विकासका लागि नयाँ बाटो पहिल्याउन जरुरी भएको बताउनुभयो ।

प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार सङ्घका अध्यक्ष पदमप्रसाद श्रेष्ठले आर्थिक विकासका लागि प्रतिस्पर्धी वातावरण सिर्जना गर्नु मेलाको लक्ष्य रहेको जानकारी दिनुभयो ।

 

  • 23Read This News:
  • 406903Total reads:
  • 220222Total visitors: