नेत्रहिन क्रिकेटको उपाधि त्रिभूवन आर्मी क्लबलाई

file photo

मोरंग, ९ मङ्सिर २०७५ । विराटनगरमा भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिता उपाधि त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ ।

विराटनगरको शहीद रङ्गशामा शनिवार सम्पन्न भएको अन्तिम खेलमा बर्दियालाई ५ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सो उपाधि प्राप्त गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बर्दियाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । त्रिभुवन आर्मी क्लबले भने १६.५ बलमा ५ विकेट गुमाई विजयी भएको हो । सो खेलको म्यान अफ द म्याच आर्मीका रमेशबहादुर बानियाँ र म्यान अफ द सिरिज आर्मीकै भरत थापा भएका छन् ।

प्रदेश १ नं का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विजयी खेलाडी तथा टोलीलाई पुरस्कार र ट्रफी प्रदान गर्नुभयो ।

 

  • 57Read This News:
  • 406639Total reads:
  • 219971Total visitors: