जनस्वास्थ्य कार्यालय काठमाडौँ विधिवत् रुपमा प्रदेश स्वास्थ्य कार्यालयमा रुपान्तरित

काठमाडौँ, ४ मङ्सिर २०७५ । स्वास्थ्य सेवाको सङ्घीय संरचनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ सोमवार देखि विधिवत् रुपमा प्रदेश स्वास्थ्य कार्यालयमा रुपान्तरित भएको छ ।

सो कार्यालयले काठमाडौँसहित ललितपुर र भक्तपुर जिल्लाको स्वास्थ्य सेवाको समन्वय गर्नेछ । तीन नं प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमवार काठमाण्डौमा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य कार्यालयको शुभारम्भ गर्दै अगामी दिनमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गरिने चर्चा गर्दै अन्य पाँच स्थानमा छिट्टै यस्ता कार्यालय सञ्चालनमा आउने जानकारी दिनुभयो ।

सो अवसरमा प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले स्थानीय तहले सञ्चालन गर्ने र गरिराखेका स्वास्थ्य सेवाको अझ प्रभावकारिताका लागि कार्यालयले समन्वयात्मक काम गर्ने जानकारी दिनुभयो । तीन नं प्रदेशले यसअन्तर्गतका १३ जिल्लाका स्वास्थ्य सेवालाई समन्वय गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत पाँचवटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना गर्न लागेको छ । स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतका स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।

 

  • 35Read This News:
  • 459659Total reads:
  • 269164Total visitors: