१ हजार ४ सय हेक्टर खेतीयोग्य जमिनमा आवासकालागि प्लटिङ

चितवन, ३० कात्तिक २०७३ । भरतपुर आसपास क्षेत्रमा सिञ्चित जमिन घट्दै गएको पाइएको छ ।

बढ्दो सहरिकरण र जग्गा प्लटिङका कारण खेतीयोग्य जमिन घट्दै गएको हो । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका अनुसार विगतमा सो क्षेत्रमा ४ हजार ७०० हेक्टर क्षेत्रफल खेतीयोग्य भएकाले सिञ्चित क्षेत्रमा राखिएको थियो ।

तर अहिले नारायणी लिफ्टको सिञ्चित क्षेत्र ३ हजार २१२ हेक्टरमा झरेको छ । प्लटिङ र सहरिकरणका कारण खेतीयोग्य जमिन घट्दै गएको कार्यालयका इन्जिनियर भरतबहादुर थापाले बताउनुभयो । भरतपुर र पश्चिम क्षेत्रमा नारायणी लिफ्ट सिँचाइ र खगेरी नहरले सिँचाइ सुविधा पुगेको छ । खगेरीबाट ३ हजार ९०० हेक्टर र नारायणीबाट ४ हजार ७०० हेक्टरमा सिँचाइ पुगेको थियो ।

भरतपुर आसपास क्षेत्रमा सिञ्चित क्षेत्र घटेकाले ‘सि’ नहरको केही भाग बन्द भएको छ । भरतपुर, गीतानगर, फूलबारी, मङ्गलपुर, शिवनगरमा सिञ्चित जग्गा घट्दै गएर सहरिकरण हुन थालेको छ । अहिले सिँचाइ सुविधालाई व्यवस्थित गर्न रु ८५ करोड लागतको वृहत्तर परियोजना कार्यालयले सञ्चालन गरेको छ ।

 

  • 51Read This News:
  • 459759Total reads:
  • 269256Total visitors: