१५ लाख ८८ हजार २६७ लागतमा सडक कालोपत्रे

कास्की, १२ भाद्र २०७५ । पोखरा महानगरपालिका–३३ बागमारास्थित पानीट्याङ्की–लुतेको चौतारा सडक रु १५ लाख ८८ हजार २६७ लागतमा कालोपत्रे गरिएको छ । कूल ३५० मिटर लम्बाइ र ५ मिटर चौडाइको सडक महानगरपालिका र जनसहभागिताबाट ५०/५० प्रतिशत लागतमा सम्पन्न भएको हो ।

योजना सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले सबैको सहयोगमा योजना सफल भएको बताउनुभयो । वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले वडामा सडक पूर्वाधारका साथै अन्य विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नुभयो ।

 

  • 59Read This News:
  • 404722Total reads:
  • 218181Total visitors: