ट्रम्पको विजयबाट रसियालाई ‘सुखानुभूति’ नभएको क्रेमलिनको दाबी

रसिया, २६ कात्तिक २०७३। अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको विजयबाट रसियालार्य ‘सुखानुभूति’ भएको भन्ने समाचारको बिहीबार क्रेमलिन प्रशासनले खण्डन गरेको छ ।

रसियाली उपविदेशमन्त्री सर्जेइ ¥याकोवले ट्रम्पको भित्री वृत्तका सहकर्मीसँग अमेरिकी निर्वाचनका समयमा सामान्य सम्पर्क हुने गरेको कुरालाई स्वीकार गरे पनि मस्कोले ट्रम्पको पक्षमा कुनै सक्रिय सहयोग र समर्थन नजनाएको बताउनुभयो ।

निर्वाचनका समयमा बुधबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले रसियाको राष्ट्रपति भ्लादिभिर पुटिनको प्रशंसा गरेपछि ट्रम्पको पक्षमा रसियाले सहयोग गरेको भन्ने खबरलाई खण्डन गर्दै मस्कोले ट्रम्प आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरुभन्दा मित्रवत रुपमा रसियासँग सम्बन्ध विस्तार गर्ने कुरामा याकोवले शङ्का व्यक्त गर्नुभयोे ।

ट्रम्पको विजय पश्चात अन्य विश्व नेताले जस्तै रसियाली राष्ट्रपति पुटिनले पनि डेमोक्रेटिक पार्टीका उम्मेदवारसँगको कडा प्रतिस्पर्धामा विजय हासिल गरेकोमा बधाई दिँदै नवनिर्वाचित राष्ट्रपति ट्रम्पले चाहेमा रसिया र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि काम गर्न तयार रहने बताउनुभएको थियो ।

 

  • 35Read This News:
  • 459701Total reads:
  • 269203Total visitors: