आगलागी हुँदा रु ३० लाखको क्षति

पूर्वी नवलपरासी, १७ असार २०७५ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको विपीचोकस्थित रमेश हार्डवेयर पसलमा शनिवार दिउँसो आगलागी हुँदा करिब रु ३० लाखको धनमाल क्षति भएको छ ।

हार्डवेयर पसलमा आगलागी हुँदा पसलभित्र रहेका हार्डवेयरसँग सम्बन्धित सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ । आगो स्थानीयबासी, कावासोती नगरपालिकाको दमकल र प्रहरीको सक्रियतामा एक घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 

  • 26Read This News:
  • 459144Total reads:
  • 268685Total visitors: