तमु धर्मगुरुहरूको राष्ट्रिय भेला कात्तिक २४, २५ र २६ गते पोखरामा हुने

कास्की, २२ कात्तिक २०७४ । तमु समुदायका वोन्पो लम धर्मगुरुहरुको प्रथम राष्ट्रिय भेला यही कात्तिक २४, २५ र २६ गते पोखरामा हुने भएको छ ।

तमु प्ये ल्हु संघ, जिल्ला कार्य समिति, कास्कीको आयोजनामा हुने भेलाबारे जानकारी दिन मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक उमबहादुर प्हच्यु तमुले देशभर अत्यन्त न्यून संख्यामा रहेका वोन्पो लमहरूको तथ्यांक संकलन र यिनीहरूको पहिचानलाई जोगाउने लक्ष्यका साथ भेला गर्न लागिएको जानकारी दिनुभयो ।

भेलामा लगभग २०० जनाको संख्यामा वोन्पो लम धर्मगुरुको उपस्थिति रहने जानकारी दिँदै उहाँले भेलामा वोन्पो लमको संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनका साथै उत्थानका लागि आवश्यक कार्ययोजनालगायतका विषयमा छलफल गरिने बताउनुभयो ।

 

  • 43Read This News:
  • 459765Total reads:
  • 269261Total visitors: