बेल्जियमका न्यायाधीशको निर्णयप्रति स्पेनको समर्थन

स्पेन, २१ कात्तिक २०७४ । स्पेनको क्याटलोनियाका पुर्व नेताहरुका बारेमा बेल्जियमका न्यायाधीशले आइतबार गरेको निर्णयलाई स्पेनको सरकारले सम्मान गर्ने जनाएको छ ।

बेल्जियमको सरकारले कारलस पुज्डमोन सहित अरु ४ जनालाई कुनै अनुमतिबिना बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउनुपर्ने निर्णय गरेको थियो ।
उनीहरुलाई स्वदेश फिर्ता गराउनका लागि अदालती प्रक्रिया सुरु भइरहेको पनि अदालतले जनाएको छ ।

राज्यद्रोह र विद्रोहको मुद्दा लगाएर उनीहरुलाई जेल सजाँय दिनु पर्ने स्पेनको अदालतको निर्णय आएको केहीदिनपछि बेल्जियमका न्यायाधीशले यस्तो निर्णय सुनाएका हुन् ।
एकजना स्पेनी न्यायाधीशले युरोपेली पक्राउ आदेश जारी गरेपछि ती नेताहरुले बेल्जियम प्रहरीसमक्ष आइतबार आत्मसमर्पण गरेका थिए ।

स्पेन सरकारले क्याटलोनियामा प्रत्यक्ष शासन लागु गरेपछि त्यहाँका नेताहरु गतहप्ता भागेर बेल्जियम पुगेका थिए ।

हालै क्याटलोनियाको संसद्ले उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनको केन्द्रीय सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो ।

केन्द्र सरकारले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै डिसेम्बर २१ मा क्याटलोनियामा चुनाव गर्ने घोषणा गरेको छ ।

 

  • 34Read This News:
  • 459304Total reads:
  • 268826Total visitors: