अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियाको २ दिने भ्रमणमा

दक्षिण कोरिया, २१ कात्तिक २०७४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको छ । उहाँ सोमबार जापानमा हुनुहुन्थ्यो ।

एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएका उहाँ जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको दोस्रो देशका रुपमा दक्षिण कोरिया पुग्नुभएको छ । दक्षिण कोरिया उहाँको दुई दिने भ्रमण हो ।

उहाँको एयर फोर्स बिमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई सैन्य क्याम्पको विमानस्थलमा मङ्गलबार बिहान अवतरण गरेको थियो ।

सो विमानस्थलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न सो विमानस्थलमा दक्षिण कोरियाका उच्च पदस्थ अधिकारीहरु उपस्थित भएका थिए ।

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ /

President Donald Trump, center left, and South Korean President Moon Jae-in, center right, pose for photographers with first ladies Melania Trump, left, and Kim Jung-sook at the Blue House in Seoul, South Korea, Tuesday, Nov. 7, 2017. Trump is on a five country trip through Asia traveling to Japan, South Korea, China, Vietnam and the Philippines. (AP Photo/Andrew Harnik)
President Donald Trump, center left, and South Korean President Moon Jae-in, center right, pose for photographers with first ladies Melania Trump, left, and Kim Jung-sook at the Blue House in Seoul, South Korea, Tuesday, Nov. 7, 2017.
U.S. first lady Melania Trump, second from left, and her South Korean counterpart Kim Jung-sook, second from right, stand at the presidential Blue House in Seoul, South Korea, Tuesday, Nov. 7, 2017. (Jeon Heon-kyun/Pool Photo via AP)
U.S. first lady Melania Trump, second from left, and her South Korean counterpart Kim Jung-sook, second from right, stand at the presidential Blue House in Seoul, South Korea, Tuesday, Nov. 7, 2017.
U.S. President Donald Trump, right, and first lady Melania Trump, left, walk down the steps of Air Force One on their arrival at the Osan Air Base in Pyeongtaek, South Korea, Tuesday, Nov. 7, 2017. President Trump arrived in South Korea on Tuesday, beginning a two-day visit centered on pressuring the nation's neighbor to the north to abandon its nuclear weapons program. (Song Kyung-seok/Pool Photo via AP)
U.S. President Donald Trump, right, and first lady Melania Trump, left, walk down the steps of Air Force One on their arrival at the Osan Air Base in Pyeongtaek, South Korea, Tuesday, Nov. 7, 2017.

 

  • 30Read This News:
  • 459322Total reads:
  • 268842Total visitors: