काठमाण्डौ वाहिर पहिलो पटक डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया

कास्की, २० कात्तिक २०७४ । डायफाग्म्याटिक हर्नियाको अन्नपूर्ण बाल तथा महिला अस्पताल पोखराले सफल सल्यक्रिया गरेको छ ।

अस्पतालद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक डा सुशील ढुंगेलले पर्वतको धायरिङ गाउँपालिका–७ का प्रेम परियार र आयुषा परियारका नवजात शिशुको फोक्सो र कलेजोको बीचमा हुने गम्भीर डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया गरेको जानकारी दिनुभयो ।

लगभग ५ हजारमा एकजनामा यस्तो समस्या हुने गरेको बताउँदै उहाँले काठमाडौँमा यसको शल्यक्रिया हुने गरे पनि काठमाडौँ बाहिर पहिलोपटक पोखरामा यो शल्यक्रिया गरिएको बताउनुभयो ।

डा सुशील ढुंगेल, डा विधान घिमिरेलगायत चिकित्सकको टोलीले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

 

  • 62Read This News:
  • 459368Total reads:
  • 268884Total visitors: